निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ– निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६२ दिनदेखि आन्दोलनरत नेपालगन्जका मानव अधिकारकर्मी तथा नागरिकलाई बिहीबार बेलुका नियन्त्रणमा लिएर प्रहरी वृत्त, सिंहदरबारमा राखिएको हो।
प्रहरीले खानसहित गीता चमार, साँवरा रैदास, माक्रुन निशा दर्जी, बानी चमार, ललितादेवी थारू, सकिना तेली गरी ६/७ जनालाई बबरमहलबाट नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जिल्ला प्रशासन कार्यालय जाने बाटोमा अवरोध सिर्जना गरेका कारण नियन्त्रणमा लिइएको जानकारी आएको बताए।
प्रहरीले लक्ष्मण श्रेष्ठ र पवन थापालाई पनि बालुवाटारबाट नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरीले दिउँसो चार बजेतिर नियन्त्रणमा लिएको हो। उनीहरूलाई प्रहरी वृत्त, मालिगाउँमा राखेको छ।

यसअघि प्रहरीले दिउँसो साढे तीन बजेतिर रुबि खान, ललितादेवी थारू, सकिना तेलीलाई बालुवाटार जाँदै गर्दा पक्राउ गरेर साइबर ब्युरो पुऱ्याएको थियो।
रुबि खानसहितका अभियन्ताले बुधबार निषेधित क्षेत्र अनिश्चितकालीनसम्म तोड्ने घोषणा गरेका थिए। उनीहरू ६३ दिनदेखि निर्मला कुर्मी लगायतको न्यायका लागि माइतीघर मण्डलमा धर्नामा छन्। निर्मला कुर्मीको मुद्दा अदालत पठाउनुपर्नेसहितका माग अगाडि सारेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
