घरभित्र सुतिरहेको अवस्थामा युवतीमाथि धारिलो हतियारबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।
गोरखा– गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्लीमा एक युवतीको हत्या भएको छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी ती युवतीको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
गए राति २८ वर्षीया रश्मी कुमालमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए। कुमाल घरभित्र सुतिरहेको अवस्थामा आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी निरीक्षक कार्कीले बताए।
मृतक कुमालको दाहिने गर्धन, बायाँतर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार भएको छ। हत्या कसले गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणपछि अन्त्येष्टिका लागि बिहीबार नै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
