निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– दशैँअघि निर्माण व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैँअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए।
“मैले दशैँअगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ”, उनले भने, “हाम्रो मन्त्रालयले आठ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। हामीले पाँच अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिइसकेका छौँ। तीन अर्ब ५० करोड रुपैयाँ जति भुक्तानी दिन बाँकी छ। भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ।”
मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको बताए।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए।
“मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भए पनि सरकारले व्यवसायीलाई ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने छ, अहिलेसम्म १५ अर्ब रुपैयाँ मात्र भुक्तानी पाएका छौँ,” उनले भने।
यस्तो अवस्थामा निर्माण सम्झौता भएका करिब ६ खर्ब ५० करोड रुपैयाँका आयोजनाको काम कसरी अगाडि बढाउने भन्ने उनको प्रश्न छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
