इजरायली हवाई आक्रमणबाट बेरुतमा २२ जनाको मृत्यु

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणबाट मध्य बेरुतमा २२ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्। 

तस्वीर : एएफपी

मध्य बेरुतको रस अल–नाबालक्षित इजरायली हवाई आक्रमणबाट २२ जनाको मृत्यु भएको छ। 

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन्। 

बिहीबार मध्यरातमा कुनै चेतावनीबिनै गरिएको आक्रमणका क्रममा राजधानीको मध्य भागमा रहेका दुई वटा आवासीय भवनलाई निशाना बनाएको थियो।

सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो। यसअघिका आक्रमणले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो।

प्रत्यक्षदर्शीले आवासीय ब्लकबाट भवन हल्लिरहेको र धुवाँ निस्किएको झन्डै एक माइल टाढाबाट देखिएको उल्लेख गरेका छन्।