सुनसान काठमाडौँ उपत्यकाका सडक (तस्वीरहरू)

दशैँ मनाउन मानिसहरू गाउँघर गएपछि काठमाडौँ उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– दशैँ मनाउन गाउँ फर्किने मानिसको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्। दशैँको सप्तमी दिन केही चहलपहल देखिएको थियो। तर अष्टमी/नवमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ। राजधानीका सडकमा पनि न्यून मात्रामा सवारीसाधन चलेको देखिएको छ। राजधानीको दरबारमार्ग, रत्नपार्क, भद्रकाली, सिंहदरबार, बानेश्वर, कोटेश्वर, बालकुमारी, लगायतका सडक प्रायः सुनसान देखिन्छन्। अन्य दिनमा भने यी सडक क्षेत्रमा सवारीसाधनको लामो जाम लाग्ने गर्थ्यो। अहिले सडकमा हिँडडुल गर्ने मानिस फाट्टफुट्ट मात्रै देखिएका छन्। किनमेलका पसलहरू प्रायः बन्द देखिएका छन्। यातायात व्यवसायीका अनुसार एक साताको अवधिमा काठमाडौँ उपत्यका विभिन्न नाका हुँदै दशैँ मनाउनका लागि १३ लाख यात्रु बाहिरिएका छन्। हेर्नुहोस् तस्वीरहरू :