व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।
तनहुँ- व्यास नगरपालिका–२ दमौलीका २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए। एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए ।
छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ। विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए।
यता नेपालमा रहेको पन्थ परिवार दशैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए। त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए। साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको जनाइएको छ।
कानूनी प्रक्रिया पूरा गरी पन्थको शव शुक्रबार राति दमौली ल्याइएको छ। राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार पनि गरिएको छ। दशैंका बेला खुशीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ।
बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन्। आफन्त ईश्वरराज पन्थले भने, "ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ।"
छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए। "आशाका मुनामा तुषारापात भएको छ। परिवारको सपना सपनामै रहेको छ। आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
