बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। रोजगारी कटौतीबाट कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ।
बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा प्रभाव परेको कम्पनीले जनाएको छ।
बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ। कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) जहाजको उत्पादन बन्द गर्ने भएको छ।
कम्पनीले ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ।प्रमाणीकरणको वर्षौंको ढिलाइ र हालैको एक त्रुटिपूर्ण अंश भेटिएपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको शुरूमा परीक्षण उडान रोकेको थियो।
बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताइएको छ।
“हामीले सामना गरिरहेको अवस्थाबारे स्पष्ट र यथार्थवादी हुन आवश्यक छ। यसले पुनरुत्थानको मार्गमा महत्त्वपूर्ण सफलता मिल्नेछ। हाम्रा स्रोतको प्रदर्शन र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
