नेपालबाट बाहिरियो मनसुन

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन १० दिन ढिलो गरी शनिबार नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

काठमाडौँ– नेपालका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन १० दिन ढिलो गरी बाहिरिएको हो।

मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै महाशाखाले शनिबारबाट यस वर्षको मनसुन बागमती, मधेश र कोशी प्रदेशबाट जनाएको हो।

असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौँ उपत्यकालगायत बागमतीको पश्चिमी भूभाग र मधेशका पश्चिमी भूभागको थोरै स्थानबाट मनसुन बाहिरिएको महा‍शाखाले बुलेटिन जारी गरेको जनाएको थियो। त्यसअघि नेपालको सुदूरपश्चिमलगायत कर्णालीका धेरै तथा लुम्बिनीको पश्चिमी भूभागका थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ (जेठ १५ गते) लाई मानिन्छ। तर यस वर्ष मनसुन १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको महाशाखाको भनाइ छ।

यस वर्ष सरदर मितिभन्दा दुई दिनअघि जेठ २८ गते मनसुन भित्रिएको थियो। नेपालमा सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ (प्रायः जेठ ३० गते) हो। यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा भएको छ।