भारतको गुजरातमा पर्खाल भत्किँदा ६ कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाएको छ।
भारतको गुजरातमा पर्खाल भत्किँदा ६ कामदारको मृत्यु भएको छ।
शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा ६ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाएको हो।
गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँनजिकै पर्खाल भत्किएको हो।
मेहसानाका जिल्ला विकास अधिकारी (डीडीओ) डा. हसरत जस्मिनले एएनआईलाई भने, “हामीलाई प्राप्त जानकारीअनुसार ९-१० जना फसेका थिए, जसमध्ये ६ जनाको मृत्यु भएको छ। एक १९ वर्षीय बालकको उद्धार गरिएको छ। उनको भनाइअनुसार अहिले पनि २–३ जना फसेका छन्।”
अधिकारीका अनुसार निर्माण स्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो। मजदुरले उक्त स्थानमा भूमिगत ट्यांकी निर्माणका लागि खाडल खनिरहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
