नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले काभा यु२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता खेलाडीलाई खादासहित टीका–जमरा लगाएर विमानस्थलमा स्वागत गरेका छन्।
काठमाडौँ– श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका–जमरा लगाएर विमानस्थलमा स्वागत गरेका छन्। शनिबार बेलुकी भएको फाइनलमा उज्बेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर उपविजेता बनेको हो।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो। खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्किमिनिस्तानलाई हराउँदै फाइनमा उज्बेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्किमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्बेकिस्तानसँग पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
