थारू गाउँमा दशैँ आगमनसँगै सखिया नाचको रौनक पनि शुरू हुन्छ। दिनभरको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दशैँभर नाचिने थारू अगुवा बताउँछन्।
बाँके– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’को रौनकले भरिएको छ। दशैँअघि शुरू भएर दशैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो।
दशैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ। गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन्।
थारू गाउँमा दशैँ आगमनसँगै सखिया नाचको रौनक शुरू हुने टिटिहिरीयाका अगुवा केवलसिंह थारूले बताए। दिनभरको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दशैँभर नाचिने उनले सुनाए।
उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन्। जति धेरै मादल बज्यो त्यति रौनक आउँछ। १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन्।
सखिया नाचमा विशेषतः थारू समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवं सुरक्षाको कामना गर्ने चलन रहेको थारू अगुवा एकराज चौधरीले बताए।
उनका अनुसार थारू पहिरनमा सजिएर नाच्ने युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारू संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
