पाँच किलोमिटर चट्टान फोडेसँगै वडा नम्बर १, २, ३ सडक सञ्जालसँग जोडिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही बताए।
सुर्खेत– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ। करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत् आयोजनाले निर्माण गरेको हो।
भेरी करिडोर सडकखण्डको तीन जिल्लाको संगमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्याउने लक्ष्य छ। सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए। जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए। भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ।
जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ। त्रिवेणीस्थित भेरी नदीमाथिको पुल भने अझै निर्माण हुन सकेको छैन।
क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो। पुल निर्माण नहुँदा झोलुंगे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
