दशैँ मानेर कर्मथलो फर्किनेहरूको चहलपहल (तस्वीरहरू)

छोटो छुट्टीमा परिवार तथा आफन्तसँग दशैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण कर्मथलो फर्किन थालेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाठौँ– परिवार तथा आफन्तसँग दशैँ मनाउन थातथलो पुगेका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्किन थालेका छन्। बडादशैँ मनाउन प्रत्येक वर्ष लाखौँको संख्यामा सर्वसाधारण काठमाडौँ उपत्यकाबाट गाउँघर पुग्ने गरेका छन्। दशैँको छोटो अवधिको छुट्टीमा केही दिन रमाएर उनीहरू आआफ्ना कार्यालय भेट्नका लागि फर्किन थालेका हुन्। आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा दशैँ मानेर फर्किनेहरूको चहलपहल बढेको छ। हेर्नुहोस् तस्वीरहरू :