दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार डेंगीका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ।
तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगी बिरामी बढेका छन्। अस्पतालको भुईंमा राखेर बिरामीको उपचार भइरहेको छ। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ।
१५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।
पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
“बिरामीलाई भुईंमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बिरामीलाई भर्ना गरेर राख्न सकिएको छैन। विशेष गरेर डेंगीका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ”, उनले भने।
अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए।
उनका अनुसार शय्या अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ। यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ।
व्यास–१,२, ३, ४ र ५ मा डेंगीका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा २८१ र असोजमा हालसम्म २९७ जनामा डेंगीको संक्रमण देखिएको दमौली अस्पतालका सिनियर अहेब दिनेश पण्डितले जानकारी दिए।
दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रूपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
