इजरायली सेनाको शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० भन्दा धेरै घाइते

उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण गरिएको आईडीएफले जनाएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले उत्तरी इजरायलमा रहेको आफ्नो एउटा सैन्य शिविरमा भएको ड्रोन आक्रमणमा ४ सैनिकको मृत्यु र ६० भन्दा बढी घाइते भएको जनाएको छ। हिजबुल्लाहले यस हमलाको जिम्मेवारी लिएको छ।

उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आइतबार राति आक्रमण भएको आईडीएफले जनाएको छ।

इजरायली सेनाले गत बिहीबार दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेको र त्यसैको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको हिजबुल्लाहको मिडिया कार्यालयले जनाएको छ। इजरायली एम्बुलेन्स सेवा एमडीएका अनुसार यस आक्रमणमा ६१ जना घाइते भएका छन्।

३७ घाइतेलाई एम्बुलेन्स वा हेलिकप्टरबाट ८ क्षेत्रीय अस्पतालमा लगिएको छ।