चौकीडाँडा र माम्ती खोलानजिकको ‘डाइभर्सन’ सुधार गरेर बीपी राजमार्गमा यातायात सञ्चालन अनुमति लिएका सवारीसाधनलाई साँझदेखि चल्ने दिइने सडक डिभिजन भक्तपुरले जनाएको छ।
काठमाडौँ– सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बीपी राजमार्गमा सोमबार साँझदेखि रुट प्रमिट (यातायात सञ्चालन अनुमति) लिएका सवारीसाधनहरू चल्ने भएका छन्।
सडक डिभिजन भक्तपुरका अनुसार गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बीपी राजमार्गको भकुन्डेबेसी–बर्षेखोला खण्ड (काभ्रे)को करिब आठ किमी सडक पूर्ण रूपमा बगेको थियो। उक्त क्षेत्रमा ट्र्याक निर्माण गरी साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको छ।
अब चौकीडाँडा र माम्ती खोलानजिकको ‘डाइभर्सन’ सुधार गरेर यो राजमार्गमा यातायात सञ्चालन अनुमति लिएका सवारीसाधनलाई साँझदेखि चल्ने दिइने सडक डिभिजन भक्तपुरले जनाएको छ।
“चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार गरी यसअघि बीपी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमतिप्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न योग्य हुने ब्यहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ। साथै उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातिको समयमा यात्रा नगर्नसमेत अनुरोध छ,” सडक डिभिजन भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
