कीर्तिमानी पर्वतारोहीलाई स्वागत (तस्वीरहरू)

विश्व कीर्तिमान कायम गरी फर्किएका दावा याङ्जुम र निमा रेञ्जी शेर्पासहित ९ जना पर्वतारोहीलाई स्वागत गर्न नेपाल पर्वतारोहण संघका पदाधिकारी, शुभेच्छुकलगायत बाजागाजासहित त्रिभुवन विमानस्थल पुगेका थिए।

काठमाडौँ– विश्व कीर्तिमान कायम गरेका दावा याङ्जुम शेर्पा र निमा रेञ्जी शेर्पासहित ९ जना पर्वतारोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। चीनको शिशपाङ्गा हिमालको सफल आरोहण गरी फर्किएका पर्वतारोहीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्वतारोहण संघले स्वागत गरेको हो। सोमबार काठमाडौँ फर्किएको टोलीको स्वागतमा संघका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरू विमानस्थलमा पुगेका थिए। विश्वकै कान्छा आरोही बन्न सफल १८ वर्षीय निमा रिञ्जी, विश्वका आठ हजारभन्दा अग्ला १४ हिमाल आरोहण गर्न सफल ३३ वर्षीया दावा याङ्जुम शेर्पासहित मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो। हेर्नुहोस तस्वीर :