युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक घाइते हुने गरी भएका इजरायली आक्रमणको निन्दा गरेका छन्।
युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक घाइते हुने गरी भएका इजरायली आक्रमणको शृंखलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन्।
“ईयूका २७ सदस्य यूएनआईएफआईएल (यूनीफील)माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीको बैठकअघि पत्रकारहरूसँग भने, “संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ।”
हालैका दिनमा इजरायलले दक्षिणी लेबनानमा गरेको हिजबुल्लाहलक्षित आक्रमणमा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन्।
इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार ५०० सैनिकको मिसन युनीफीलले इजरायली सेनाले आफ्ना स्थानमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ।
“धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्”, बोरेलले भने, “उनीहरूको काम धेरै महत्त्वपूर्ण छ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढाल’का रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकलाई ‘खतराको बाटो’बाट हटाउन आह्वान गरेका थिए। युनीफीलले आफ्ना स्थान छाड्न अस्वीकार गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
