मनकामना केबलकार मर्मतसम्भारका लागि मंगलबारदेखि कात्तिक १ गतेसम्म बन्द हुनेभएको छ। कात्तिक २ गतेबाट सेवा पुन: शुरू हुनेछ।
काठमाडौँ- मनकामना केबलकार मंगलबारदेखि तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही आजदेखि कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउन तीन दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकार मर्मतका लागि अष्ट्रियाबाट प्राविधिकहरू झिकाइएको छ। केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ।
यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन केबलकार बन्द थियो। सोमबार एक दिन भने केबलकार सञ्चालन गरिएको छ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो।
केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
