काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेपछि चिसो महसुस हुन थालेको छ। काठमाडौँमा असोज १५ गतेयता करिब ५ डिग्री सेल्सियस तापक्रम घटेको छ।
काठमाडौँ- मनसुन सकिएर पोष्ट मनसुन चल्न थाल्दा काठमाडौँमा क्रमशः चिसो बढ्दै गएको छ। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो ।
खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस हुन थालेको छ। काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी थियो। त्यसको एकसातापछि अर्थात् सोमबार र मंगलबार न्यूनतम तापक्रम १६ डिग्री हाराहारी छ। "काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ," मौसमविद अधिकारीले भने, "पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ।"
महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियस र सोमबार १६ डिग्री सेल्सियस थियो। मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्दा चिसो बढेको बताए।
काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ। पोस्ट मनसुनपछि चिसो मौसम शुरू हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
