इजरायली सेनाले लेबनानस्थित शान्ति सैनिकको आधार क्षेत्रमा रहेको मुख्य गेट नै तोडेर आइतबार गरेको आक्रमणको नेपालले निन्दा गरेको छ। उक्त घटनामा १५ जना शान्ति सैनिक समस्यामा परेका छन्।
काठमाडौँ- लेबनानस्थित शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको नेपालले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ।
युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबनान (युनिफिल)ले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। त्यसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको पनि युनिफिलले जनाएको छ।
लेबनानमा नेपालबाट पनि संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेना खटिएका छन्। इजरायलले गरेको आक्रमणविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी निन्दा गरेको हो। "नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ," विज्ञप्तिमा भनिएको छ, "संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक)को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।"
संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न पनि नेपालले आग्रह गरेको छ। यस्ता आक्रमण तत्काल रोक्न र घटनाको गहन अनुसन्धान गर्न पनि नेपालले माग गरेको छ।
इजरायली सेनाले युनिफिलको मुख्य गेट फोडेर आक्रमण गरेको भोलिपल्ट सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए। यसअघि, इजरायली सेनाको गोलाबारीमा परी इन्डोनेसिया र श्रीलंकाका चार शान्ति सैनिकको मृत्यु भएको थियो। उक्त घटनाको छानबिन गर्ने इजरायलले जनाएको थियो।
संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन्। उनीहरुले दक्षिणी लेबनान र मध्यपूर्वमा शान्ति तथा स्थिरता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
विज्ञप्ति जारी गर्नेमा नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांग्लादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्याण्ड छन्। यसैगरी इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानिया छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
