मंगलबार नेप्से परिसूचक ३१ अंकले बढेर २६९९ को विन्दुमा पुगेको छ भने तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– दशैँको बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ। मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा पुगेको हो।
यस दिन ३०७ कम्पनीको ६४ लाख ७१ हजार २६७ कित्ता शेयर ३५ हजार ६४८ पटक किनबेच भयो। जसबाट तीन अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्से जनाएको छ।
यस दिनको कारोबारमा दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
त्यस्तै, मल्टिप्रपोज फाइनान्स ९.३२, समृद्धि फाइनान्स ६.८४ र एनआईबीएल समृद्धि फन्डका लगानीकर्ताले ६.७४ प्रतिशतका दलले कमाएका छन्।
यस दिनको कारोबारमा मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर ५.२५, युनिलिभर नेपाल ३.८५, सामुदायिक लघुवित्त ३.६२ र एनआईसी एशिया सलेक्ट फन्डका लगानीकर्ताले ३.१९ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स अगाडि देखिएको छ। यो कम्पनीको १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
