रेमिट्यान्स आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो। गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार चार रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
