नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।
पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्य बढाउने निर्णय भएको निगमले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ।
निगमले देशलाई तीन भौगोलिक वर्ग निर्धारण गरेर मूल्य कायम गर्दै आएको छ। जसअनुसार इन्धनको सबैभन्दा बढी मूल्य तेस्रो वर्गमा रहने ग्राहकले तिर्नुपर्छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दिपायललाई राखिएको छ।
आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूची अनुसार नेपालमा इन्धनको मूल्य तोक्ने गरेको छ। आइतबार प्राप्त मूल्य सूचीमा घटेर आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।
निगमले जारी गरेको विज्ञप्तिमा खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य घटबढबारे उल्लेख छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
