मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा सो रकम सहयोग गरेका हुन्।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिकाको रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर सहयोग गरेका छन्।
सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको 'द गार्डियन'ले जनाएको छ। सरकारी अनुसन्धानमा खुलासा भएको जानकारीअनुसार मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा ७ करोड ५० लाख अमेरिकी डलर (१० अर्ब नेरुभन्दा बढी) रकम दिएका हुन्।
एलन मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ। हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा मस्क पनि सहभागी थिए। यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो।
अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ। वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।
रिपब्लिकन पार्टीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
