आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण गर्न राष्ट्र बैंकमा छुट्टै संरचना

नेपाल राष्ट्र बैंकले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न विशिष्टीकृत सुपरिवेक्षकीय संरचना स्थापना गर्ने भएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना हुने भएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न बैंकभित्र अलग्गै विशिष्टीकृत सुपरिवेक्षकीय संरचनाको रूपमा महाशाखा स्थापना हुन लागेको हो।

महाशाखा माघ १ गतेबाट लागू हुने गरी सञ्चालनमा आउने राष्ट्र बैंकले जनाएको छ।