पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँ– कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
सुर्खेतको लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरको हत्या अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१० कपन, बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल बुढानीलकण्ठ–१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ रहेका छन्।
त्यस्तै, इलाम माई नगरपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई पनि पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
“मंगलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर–६ नयाँबस्ती लस लाइट स्कुलनजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरूले फौजामगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र निजहरू वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो,” उनले भने।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ६ः५० बजेको समयमा तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
