नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– दशैँको बिदापछि खुलेको शेयर बजारमा दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ। यस दिन पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ३ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार ३२० कम्पनीको एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर ६५ हजार ८४५ पटक किनबेच भएको नेप्सेल जनाएको छ। यस दिन सबै समूहको उपसूचक बढेको छ। सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ। यो समूहको उपसूचक ३.४४ प्रतिशतले बढेको हो।

बुधबारको कारोबारमा विजय लघुवित्त ९.३३, इस्टर्न हाइड्रोपावर ९.२४, समता घरेलु लघुवित्त ८.६२, आत्मनिर्भर लघुवित्त ८.५९, सगरमाथा जलविद्युत्का लगानीकर्ताले ७.४५ प्रतिशतले कमाए।

अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ। मिडसोलु हाइड्रोपावर ५.५४, मिथिला लघुवित्त ४.५५, सनराइज फर्स्ट म्युचुअल फन्ड २.९७ र सानिमा इक्वल फन्डका लगानीकर्ताले २.८३ प्रतिशत गुमाएका छन्।