सडक डिभिजन भक्तपुरले बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको छ।
काठमाडौँ– बीपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रका सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सडक डिभिजन भक्तपुरले बुधबार सूचना जारी गर्दै बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो।
असोर ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरोले बीपी राजमार्गको उक्त खण्डमा आठ किमीभन्दा बढी सडक क्षति पुर्याएको थियो। भकुन्डेबेँसी वर्षेखोला खण्डको सडक बगाएपछि हाल ट्र्याक खोलेर यात्रुवाहक सवारीसाधनका लागि आवागमन खुलाइएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार उक्त ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेकोले तत्कालका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
“भकुण्डेबेँसी चौकीडाँडादेखि वर्षेखोलासम्मको सडक खण्डहरूमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेको, साथै जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले हाललाई बेलुका ६:०० बजेदेखि बिहानको ४:०० बजेसम्म बीपी राजमार्ग (धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड) बन्द रहने,” सूचनामा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
