नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।
उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोटमा सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा आगोको लप्कामा परेर धेरैको मृत्यु भएको हो। उनले माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्यांकर पल्टिएर विस्फोट भएको उनले बताए।
दुर्घटनापछि स्थानीय बासिन्दा सवारीसाधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन संकलन गर्न थालेका थिए। बीबीसीले जनाएअनुसार उद्धारकार्यकर्ताले थप शव फेला पारिरहेका छन्। मृतकको संख्या ९४ बाट बढेर १०४ पुगेको पुगेको छ। बुधबार दिउँसोसम्म थप ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने घाइतेको कुल संख्या १०० पुगेको छ।
इन्धन ट्यांकर विस्फोटका घटना अफ्रिकाको सबैभन्दा बढी जनसंख्या रहेको नाइजेरियामा सामान्य हुन्। यहाँका सडक मर्मतसम्भार नगरिएका हुन्छन् र दुर्घटनापछि स्थानीयले प्रायः इन्धन चोरी गर्ने प्रयास गर्छन्।
नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक संकट बेहोरिरहेका बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ।
राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ। र प्रायः अभाव हुने गर्छ। गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्यवृद्धि गरे थियो।
देशमा ट्यांकर संलग्न दुर्घटना बारम्बार हुने गर्छन्। संघीय सडक सुरक्षा आयोग (एफआरएससी)ले सन् २०२० मा एक हजार ५३१ दुर्घटना अभिलेख गरेको छ, जसमा ५३५ जनाको मृत्यु भएको थियो।
गत महिना उत्तर–पश्चिमी निगर राज्यमा एउटा इन्धन ट्यांकर यात्रु र गाईबस्तु बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा ५९ जनाको मृत्यु भएको थियो।
एफआरएससीका अनुसार सन् २०२३ मा नाइजेरियामा सवारी दुर्घटनामा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। अघिल्लो वर्ष लगभग ६ हजार ५०० जनाको मृत्यु भएको थियो।
यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार यी आँकडामा अधिकारीलाई रिपोर्ट नगरिएका दुर्घटना समावेश छैनन्।
गत वर्ष प्रकाशित एक प्रतिवेदनमा नाइजेरियामा वार्षिक सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४० हजारको नजिक रहेको अनुमान गरिएको उल्लेख छ।
महाद्वीपका सबैभन्दा ठूला कच्चा तेल उत्पादकमध्ये एक नाइजेरियाको इन्धन र तेल पूर्वाधारमा घातक आगलागी र विस्फोट पनि हुने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
