साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ। 

काठमाडौँ– सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ। 

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बांग्लादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बांग्लादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन्।

प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ।