पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।
पप ब्यान्ड 'वन डाइरेक्सन'सँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ। होटलको तेस्रो तलाबाट खसेर ३१ वर्षका लियामको बुधबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनको जन्म सन् १९९३ मा बेलायतमा भएको थियो।
लियाम पेनको मृत्युको खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला भएका थिए। जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो। ब्युनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेन सम्भवतः लागूपदार्थ र मदिराको प्रभावमा रहेको देखाएको छ। आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले पेनलाई 'गम्भीर चोट' लागेको र पोस्टमार्टम गरिने कुरा स्थानीय मिडियालाई बताएका छन्।
पेन लोकप्रिय ब्वाइ ब्यान्ड 'वन डाइरेक्सन'को पूर्व-सदस्यको रूपमा परिचित छन्, जुन सन् २०१० मा 'द एक्स फ्याक्टर'मा गठन भएको थियो। ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहसँग जोडिएका छन्। यस ब्यान्डले २०११ मा 'अप अल नाइट' र २०१५ मा 'मेड इन द एएम'सहित पाँच वटा एल्बमहरू रिलिज गरेको थियो।
सन् २०१५ मा ब्यान्ड विभाजित भएपछि, पेनले एकल करियर शुरू गरे र २०१७ मा 'स्ट्रिप द डाउन' गीत रिलिज गरे। उनले २०१९ मा एल्बम 'एलपीवन' पनि जारी गरे।
यस महिनाको शुरूमा, पेनले आफ्नो पूर्व वन डिरेक्सन ब्यान्डका नियाल होरानको अर्जेन्टिना कन्सर्टमा पनि भाग लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
