चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।
पर्सा– वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६.८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार १२० वटा मोटरसाइकल आयात भएका हुन्। चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगन्ज नाकाबाट चारपांग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पांग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए।
चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए।
आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरू आयात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
