सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश दिएको छ।
घिमिरेविरुद्ध सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनामा दिएको निवेदनका आधारमा सर्वोच्च अदालतमा मुद्दा अगाडि बढाइएको थियो। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षी घिमिरेका नाममा आदेश दिएको छ।
“यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू,” आदेशमा भनिएको छ।
असोज ११ गते काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले भक्तपुरको नगरकोटमा आयोजना गरेको कार्यक्रममा घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनका आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको टिप्पणी गरेका थिए। उनको सो टिप्पणीले अदालतको अवहेलना भएको जनाउँदै सर्वोच्च प्रशासनले घिमिरेविरुद्ध प्रतिवेदन तयार पारेर असोज १५ गते मुद्दा दायर गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
