कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

जसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।