ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
काठमाडौँ– अमेरिकाविरुद्धको पहिलो टी२० खेलमा नेपाल १७ रनले विजयी भएको छ। अमेरिकाको डल्लासमा १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनायो।
अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले समान १/१ विकेट लिए।
यसअघि ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन्। दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।
अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए। अमेरिकालाई हराउन अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र खेलको म्यान अफ द म्याच भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
