कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।

मकवानपुर– कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिनका लागि बन्द गरिएको छ। 

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले शुक्रबारदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने डीएसपी श्याम अर्यालले जानकारी दिए। 

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा– भैँसे– पालुङ– काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा– ठिंगन– काठमाडौँ प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।