जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो।
महोत्तरी– गौशाला नगरपालिका– ३ पचाइन टोलमा शुक्रबार करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई किशोरी घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए।
शुक्रबार बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरूलाई करेन्ट लागेको थियो। स्थानीय विनोद महतोले जंगली जनावरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नांगो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो। करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो।
बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन्। उनीहरू दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ। हाल उनीहरू स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कविहीन छन्। मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ। घटनाबारे अनुसन्धान शुरू भइसकेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
