साफ च्याम्पियनसिप : श्रीलंकाको विजयी शुरूआत

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी शुरूआत गरेको छ।

काठमाडौँ– काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी शुरूआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’अन्तर्गतको पहिलो खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी शुरूआत गरेको हो।

खेलको १८औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल नै श्रीलंकाका लागि निर्णायक बनेको हो।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार हुने समूह ‘बी’को दोस्रो खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दै छन्।