दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।
ढोरपाटन– बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्धारपछि दैनिक पर्यटकको संख्या बढ्दै गएको हो।
१९७९ सालमा निर्माण भएको दरबारको जीर्णोद्धार गरेपछि चिटिक्क परेको छ। टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्वीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भिड देखिन्छ।
१०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्धार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्धार गरिएको थियो। दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उनले बताए।
हमालका अनुसार दैनिक १५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। बिदाको दिन झण्डै ५०० हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ। पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउन थालेका छन्।
दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ। “जीर्णोद्धार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, विदेशीको पनि चहलपहल हुन थालेको छ,” उनले भने।
सामाजिक सञ्जालमार्फत दरबारको प्रचारप्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन्। मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन्।
रुपन्देहीको देवदहबाट घुम्न आएका प्रेरणा शर्माले १०० वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताए। सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताए।
“दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ,” शर्माले भने, “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामी पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुशी हुनुभयो।”
दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ। यसले टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकलाई सहज भएको छ।
पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो। त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल थिए। उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए।
दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ। २०३९ सालमा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो। २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
