ब्राजिलमा हुने जी२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

युक्रेनी बालबालिकाको गैरकानूनी निर्वासनका कारण आइसीसीले गत वर्ष पुटिनको गिरफ्तारीको लागि पक्राउ पुर्जी जारी गरेको थियो।

तस्वीर: एएफपी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिलमा हुने जी२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन्। आफ्नो उपस्थितिले सम्मेलनलाई बिगार्ने भन्दै पुटिनले आगामी नोभेम्बरमा हुने सम्मेलनमा नजाने बताएका हुन्। 

“त्यसो भए के म यो मञ्चको सामान्य कामलाई बाधा पुर्‍याउन विशेष रूपमा त्यहाँ जानेछु?,” शुक्रबार मस्कोमा एक पत्रकारले सोधेको प्रश्नमा उनले भने, पुटिनले भन्नुभयो, “हामी वस्तुतः जी–२० को काम बिगार्नेछौँ, किन? हामी वयस्क हौँ, त्यसैले ब्राजिलमा हाम्रो देशको हितलाई योग्य रूपमा प्रस्तुत गर्नेलाई हामी रुसमा भेट्नेछौँ ।”

मस्कोले सन् २०२२ मा आक्रमण शुरू गरेपछि युक्रेनी बालबालिकाको गैरकानूनी निर्वासनका कारण आइसीसीले गत वर्ष पुटिनको गिरफ्तारीको लागि पक्राउ पुर्जी जारी गरेको थियो।

“रुस र ब्राजिलबीच धेरै न्यानो, राम्रो सम्बन्ध छ,” पुटिनले भने, “त्यसैले जब यो कुरामा आउँछ, एक अन्तरसरकारी सम्झौता लेख्न पर्याप्त हुन्छ र कोही पनि कठिन स्थितिमा पर्दैन।”

मंगोलिया आइसीसीको सदस्य भएर अदालतले खोजेका व्यक्तिलाई पक्राउ गर्नुपर्ने दायित्व भए पनि पुटिन सेप्टेम्बरमा मंगोलिया गएका थिए।