चाडपर्वका बेला पनि घटेन बिदेसिने क्रम

वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।

काठमाडौँ– चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या निरन्तर बढिरहेको छ। 

वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५२५ जना बिदेसिएका छन्।  

असोजमा १७ हजार ७२४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार ४६८ जना साउदी, नौ हजार ७९८ जना कतारमा, तीन हजार ८०७ जना कुवेत र एक हजार ३१४ जना मलेसिया गएका छन्। 

यसै गरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ। गत भदौमा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि बिदेसिएका थिए।