धिमे बाजामा हजार कलाकारको नृत्य प्रदर्शन (तस्वीरहरू)

पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ– हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर मनाइने विश्व पर्यटन दिवस शनिबार राजधानीको काठमाडौँस्थित दरबार स्क्वायरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। सेप्टेम्बर २७ मै मनाउन लगाएको सो कार्यक्रम भारी वर्षाका कारण रोकिएपछि शनिबार  मनाइएको हो। काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ र विभिन्न स्थानीय क्लबको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा परम्परागत नेवारी सांगीतिक प्रस्तुति, नेपाल प्रहरीको ब्यान्ड प्रस्तुति, कुटुम्ब ब्यान्डको प्रस्तुति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षण भने करिब एक हजार कलाकारद्वारा धिमे बाजामा सामूहिक नृत्य प्रस्तुति रहेको थियो। हेर्नुहोस् तस्वीरहरू: