स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
काठमाडौँ– स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका– ५, पुरीगाउँमा घरको सामान ओसारपसार गर्ने क्रममा बम विस्फोट भएर ४५ वर्षीय गोविन्द पुरी घाइते भएका हुन्।
उनको बायाँ आँखा मुनिको भाग, खुट्टा, पेटलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। पुरी नेपाल आर्मीका पूर्वकर्मचारी हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले घटनाका बारेमा अनुसन्धान थालिएको बताए। उनका अनुसार घटना दिउँसो ३ बजेतिरको भए पनि प्रहरीलाई साँझ ५ बजे खबर भएको थियो।
अहिले प्रहरीले पुरीको घरलाई घेराबन्दी गरेर राखेको छ। उनले शनिबार ढिला गरी खबर आएकाले आइतबार नेपाल आर्मीसहितको टोली पुगेर घटनास्थलको चेकजाँच गरिने बताए।
पुराना सामान व्यवस्थानका क्रममा एक तलाबाट अर्को तलमा सामान सार्दा विस्फोट भएको प्रहरीले जनाएको छ। सकेट बम पड्किएको प्रहरीको आशंका छ। विस्फोटबाट उनको घरमा क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
