सुनसरीका इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा बसोबास गर्ने कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्।
इनरुवा– इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन्। उनी दिनभर भाँडा बनाउने काममा व्यस्त हुन्छन्। तिहार र छठपर्व लक्षित गरेर पण्डितले माटोका भाँडा बनाएका हुन्।
उनले चाडपर्वका बेला माटोका भाँडा बिक्री गरेर घरखर्च जोहो गर्ने गरेका छन्। इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्। स्थानीय दरपी पण्डितका अनुसार माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाइँने गरिएको छ।
भाँडा बनाउन काँचो माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरूले माटोको जोहो गर्ने गरेका छन्। एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएको स्थानीय बचिया पण्डितको भनाइ छ।
“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर १० हजारदेखि २० हजार रुपैयाँमा खरिद गरी ल्याउनुपर्ने बाध्यता छ,” उनले भने।
तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने गरेको छ। चाडपर्वका बेला माटाको भाँडा बनाएर एउटा परिवारले एक लाखदेखि पाँच लाख रुपैयाँको बिक्री गर्ने गरेका छन्। जसबाट ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुने बेचनीदेवी पण्डितले बताइन्।
बनाउने माटोको भाँडा बिक्री गर्न इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले सुनाइन्। कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
