कुशल भुर्तेलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरे।

तस्वीर: क्यान

काठमाडौँ– कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी२० मा अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। 

अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरे। करण केसी ६ रनमा अविजित रहे। अनिलकुमार साहले २५, गुल्सन झाले १९, रोहित पौडेलले १८, दीपेन्द्रसिंह ऐरीले २ तथा आसिफ शेखले १ रन बनाए। 

अमेरिकाका नोसथुस केनजिग र जसदीप सिंहले समान २/२ तथा शौरभ नेत्रवाल्करले १ विकेट लिए। तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो।