नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
काठमाडौँ– अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले ३ खेलको टी२० सिरिज जितेको छ। सुपर ओभरमा सोमपाल कामीले लगातार २ विकेट लिएपछि सिरिज २–० ले जितेको हो।
सुपर ओभरमा अमेरिकाले २ विकेट गुमाउँदै ३ रन जोडेको थियो। दुवै विकेट सोमपाल कामीले लिएका थिए। नेपाललाई सुपर ओभरमा रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोड्दै जित दिलाए।
त्यसअघि डल्लासमा नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
अमेरिकाका आन्द्रेस गुसले सर्वाधिक ६२ तथा साइतेजा मुखमलले ४७ रन बनाए। नेपालका करण केसीले ३ र सोमपाल कामीले २ विकेट लिए। सागर ढकार र दीपेन्द्रसिंह ऐरीका नाममा समान १/१ विकेट रह्यो।
पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा अमेरिकालाई १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरे। करण केसी ६ रनमा अविजित रहे। अनिलकुमार साहले २५, गुल्सन झाले १९, रोहित पौडेलले १८, दीपेन्द्रसिंह ऐरीले २ तथा आसिफ शेखले १ रन बनाए।
अमेरिकाका नोसथुस केनजिग र जसदीप सिंहले समान २/२ तथा शौरभ नेत्रवाल्करले १ विकेट लिए। नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
