डेंगीबाट संक्रमित मिश्रको ७२ वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ।
काठमाडौँ– पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ। ७२ वर्षीय मिश्रको आइतबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
डेंगी संक्रमित भएपछि मिश्रलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनको शव दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ।
त्यसपछि आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका छन्। मिश्रका श्रीमती र एक छोरा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
