प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौँ– कास्कीको पोखरास्थित सहीदचोक र गैह्रापाटन आसपासमा निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निषेधाज्ञा आइतबार बिहान ११:४५ देखि अर्को आदेश नभएसम्म लागू हुनेछ। उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला भएर धर्ना, जुलुस घेराउजस्ता विरोधका कार्यक्रम गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिएसँगै उक्त पार्टीका नेता कार्यकर्ता भेला भएर विरोधका कार्यक्रम गर्न थालेपछि निषेधाज्ञा लागू गरिएको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
