चीनको ग्रेट वालमा दौडिरहेका दाजुभाइ

विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेट वालमा टमी र जिमी लिन्डसे दाजुभाइ किन दौडिरहेका छन्?

बेलायती बुबा र चिनियाँ आमाबाट जन्मिएका दुई दाजुभाइ विश्वको सबैभन्दा ठूलो पर्खाल चीनको ग्रेट वालमा दौडिरहेका छन्। उनीहरू हुन्, टमी र जिमी लिन्डसे।

दौडिरहेका ती दाजुभाइले बीबीसीलाई भने, “सानैदेखिको सपना पूरा गर्नका लागि हामी ग्रेट वालमा दौडिरहेका हौँ। यस्तो कठिन कार्य गर्नका लागि आफूलाई बलियो बनाउनुपर्छ। हामीले यो संरचनासँग विशेष रूपमा जोडिएको महसुस गर्छौं।”

उनीहरू पूरै ग्रेट वाल दौडिने योजनामा छन्। हरेक दिन दौडिए सम्पूर्ण लम्बाइ पूरा गर्न उनीहरूलाई ६ महिना लाग्नेछ। यस क्रममा उनीहरू मरुभूमि, पहाड र भत्किएका भग्नावशेषहरूमा खतरनाक यात्रा गर्नुपर्ने छ। यस्तो कठिन यात्रा कसरी गरिन्छ, अधिकांश मानिसलाई थाहासमेत छैन।

तर, उनीहरूको हुर्काइ नै यस्तो पारिवारिक वातावरणमा भयो, जसले गर्दा उनीहरूलाई यति ठूलो योजनामा काम गर्न प्रेरणा र हौसला मिल्यो। किनकि उनीहरूका बुबा विलियम लिन्डसेले यही ऐतिहासिक काम ३५ वर्षअघि नै पूरा गरिसकेका छन्। उनले ग्रेट वालमा म्याराथन दौडिएका थिए। अहिले उनका छोराहरूले उनलाई पछ्याएका हुन्।

यात्राका क्रममा उत्तर कोरियासँग जोडिएको चीनको पूर्वी सिमाना, पश्चिमका सबै क्षेत्रमा उनीहरू पुग्नेछन्।